धनगढी पोष्ट
आइतबार, २३ माघ २०७८ मा प्रकाशित
धनगढी । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गरिनुपर्ने माग गर्दै विप्लव समुहले अत्तरियामा चक्का जाम गरेका छन् ।
विप्लवका कार्यकर्ताले करिव आधा घण्टा अत्तरिया चोकमा चक्काजाम गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा उनीहरुले चक्काजाम गरेका हुन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने नेकपाका कार्यकर्ताले चेतावनी दिएका छन् ।