धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

भारतीय विधानसभाको चुनाव पछि मात्रै दार्चुला, भारत जोड्ने पुल निर्माण थालिने

भारतीय विधानसभाको चुनाव पछि मात्रै दार्चुला, भारत जोड्ने पुल निर्माण थालिने

धनगढी । भारतले दार्चुला र भार जाड्ने पुलको निर्माण कार्य विधानसभाको चुनाव पछि मात्रै थालनी गर्ने बताएका छ ।

आगामी १४ फेब्रअरीमा हुने उत्तराखण्डको बिधानसभा चुनावपछि मात्र दार्चुलामा नेपालभारत जोड्ने मोटरेबल पुल निर्माणको कार्य अगाडी बढ्ने भएको छ । नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीहरुका बीच सम्पन्न भर्चुअल बैठकमा भारतीय अधिकारीहरुले उक्त जानकारी दिएका हुन् ।

दार्चुला जिल्ला प्रशासन कार्यालयको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच बैठक बसेको थियो । दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत र नेपालबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । भारत सरकारको अनुदानमा महाकाली नगरपालिका८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने गरी पुल निर्माण हुनेछ ।

भर्चुअल बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुल निर्माणबारे एजेन्डा प्रस्तुत गरेका थिए । भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनपछि मात्र पुल निर्माणको प्रकृया अगाडी बढाउने जानकारी दिएको प्रजिअ उपाध्यायले जानकारी दिए ।

बैठकमा दुई मुलुकको सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगा पारी धार्चुला क्षेत्रमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध, नेपालभारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालले एजेन्डा राखेको बताइएको छ ।

भारतीय तटबन्धको विषयमा सीमा बैठकमा कुरा उठाएको र पिथौरागढ जिल्लाका अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिएको प्रजिअ उपाध्यायले बताए ।