धनगढी पोष्ट
आइतबार, २३ माघ २०७८ मा प्रकाशित
काठमाण्डौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे नेपालको राजनीति तरंगित भइरहेका बेला एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी अन्तिमसम्म यसबारे निर्णय लिन भनेको छ ।
एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले बिहीबार लेखेको पत्रमा फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे मार्चमा बस्ने एमसिसी बोर्ड बैठकले सहयोगबारे अर्को कदम चाल्न छलफल गर्ने उल्लेख छ ।
यसअघि गत सेप्टेम्बर २९ मा देउवा र प्रचण्डले एमसिसीलाई पत्र लेख्दै एमसिसी संसदबाट पास गर्न चार, पाँच महिना लाग्ने भएकाले त्यतिञ्जेल कुरिदिन अनुरोध गरेका थिए ।