धनगढी पोष्ट
आइतबार, २३ माघ २०७८ मा प्रकाशित
धनगढी । धनगढी र गोदावरी स्थित विद्यालय सरसफई तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्दै आएको प्रयास नेपालले धनगढी स्थित राष्ट्रिय आधारभुत विद्यालयमा सञ्चालन भएको खोप कार्यक्रममा सहकार्य गर्दै सहजिकरण गरेको छ ।
राष्ट्रिय आधारभुत विद्यालयमा १२ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम सञ्चालन भएकोमा सो कार्यक्रममा प्रयासले हातेमालो गरेरको प्रयास नेपालका कार्यक्रम अधिकृत राम बानीयाँले बताए ।
खोप अभियानलाइ सफल पार्न प्रयास नेपालले सामाजिक परिचालक मार्फत विद्यालयमा वाल क्लव परिचालन, माक्स वितरण, पँक्ती मिलाउने, अक्सीमिटिर जाँच गर्न तथा रजिष्ट्रेशन लगायतमा सहकार्य गरेको बानीयाले बताए ।
खोप कार्यक्रम पछि प्रयास नेपालले विद्यालयमा गठन गरेको विद्यालय स्तरिय सरसफाई तथा समन्वय बैठक समेत बसेको छ ।
धनगढी र गोदावरीकाका १७ विद्यालयमा जिआई जेड संगको सहकार्यमा प्रयास नेपालले सरसफई तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सञ्चालन भएका विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुँदा पनि प्रयासन नेपालले हातेमालो गरेको हो ।