धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कांग्रेसबाट निर्वाचित १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस

कांग्रेसबाट निर्वाचित १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस

धनगढी । नेपाली काँग्रेसबाट निर्वाचित कैलालीका १५ जना स्थानीय तहका जनप्रतिनीधिलाई पद मुक्त गर्न कांग्रेस कैलालीले निर्वाचन आयोग समक्ष सिफारिष गरेको छ । १५ जना जनप्रतिनीधि कांग्रेस परित्याग गरी अन्य पार्टीमा गएका भन्दै कांग्रेस कैलालीको जिल्ला कार्यसमितिले उनीहरुलाई पद मुक्त गर्न सिफारिष गरेको हो ।

सिफारिस गरिएका जनप्रतिनिधिहरुमा टीकापुर नगरपालिका १ का वडाध्यक्ष लालवीर चौधरी, ३ का वडाध्यक्ष रामसेवक महतो र ५का वडाध्यक्ष रामशंकर डगौरा थारु रहेका छन् ।

त्यस्तै, सोही नगरपालिकाका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, भागिदेवी कामी, वडा नम्बर ४ का सदस्य तुलसादेवी बिक, प्रेमलाल चौधरी, रुपमति डगौरा थारु, वडा नम्बर ५ का सदस्य बलबरि थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु, सरिता भुल र वडा नम्बर ६ का वडा सदस्य रामशंकर चौधरी र जमूना चौधरी रहेका छन् ।

नेपाली काँग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्रअनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन् ।