धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

महाँकाली किनारमा एक तर्फि तट्बन्धन गर्ने उत्तराखण्डका मुख्य मन्त्रीको घोषणा

महाँकाली किनारमा एक तर्फि तट्बन्धन गर्ने उत्तराखण्डका मुख्य मन्त्रीको घोषणा

धनगढी । भारत स्थित उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले दार्चुलाको संगै जोडिएको धार्चुलामा वृहत तट्बन्धन गर्ने घोषणा गरेका छन् ।

महाँकाली नदीमा तट्बन्धन गर्दा नेपाल र भारत विच समझदारी गरिनुपर्ने सहमचि भएपनि मुख्यमन्त्री धामीले भने एक पक्षिय रुपमै तट्बन्धन निर्माण गर्ने घोषणा गरेका हुन् ।

फेब्रुअरी १४ मा हुने विधानसभा चुनावलाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपाले) धार्चुलामा  आयोजना गरेको जनसभामा बोल्दै मुख्यमन्त्री धामीले धार्चुला बजारको महाकाली नदी किनारमा तटबन्ध निर्माण गरिने घोषणा गरेका हुन् । तट्बन्धनका लागि ७६ करोड बजेट छुट्याउने समेत मुख्यमन्त्री धामीले घोषणा गरेका छन् ।

भारत तर्फ महाँकाली नदीमा एक लौटी तट्बन्धन गर्दा महाकाली नदीको धार नेपालतर्फ मोड्ने सम्भावना उच्च देखिन्छ । भारतले यस अघिपनि सो क्षेत्रमा तट्बन्धन गर्दा नेपालमा विरोध भएको थियो ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सासंद एवं पुर्व मन्त्री गणेस सिह ठगुन्नाले सरकारसँग तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । नेपाल सरकारले यसबारे कुनै औपचारिक विरोध नगर्दा भारतले तटबन्ध निर्माणको काम जारी राखेको छ ।

विधानसभा निर्वाचन २०२२ का लागि धार्चुला विधानसभा चुनावमा भाजपाले धार्चुला ब्लक प्रमुख धनसिह धामीलाई उम्मेद्धवार बनाएको छ भने काङग्रेसबाट युवा नेता हरीश सिह धामीलाई चुनावी मैदानमा छन् ।