धनगढी पोष्ट
सोमबार, २४ माघ २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा स्थीत सामुदायिक वनमा मरेको चितल भेटिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–१ स्थित जनज्योती सामुदायिक वनमा चित्तल मृत अवस्थामा फेला परेको हो ।
सोमबार बिहान सामुदायिक वनमा गएका सामुदायिक वनका पदाधिकारीले वन निरिक्षण गर्ने क्रममा एक मृत अवस्थामा चित्तल भेटिएको पाइएको बताएका छन् । मृत अवस्थामा भेट्टिएको चित्तल चितुवाले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।
केहि दिन देखि चितुवाले गणेशपुर , बन्शाह, ठकनियामा गोठमा पसेर बाख्रा खाएको थियो । चितुवाको साथमा सानो बच्चा रहेको हुदाँ आहारका लागि चितुवाले बाख्रा खाने गरेको स्थानीको अनुमान छ ।