धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

क्वारेन्टाईन व्यवस्थापनका लागी खाद्यान्न सहयोग

क्वारेन्टाईन व्यवस्थापनका लागी खाद्यान्न सहयोग

डोटी

  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका आदर्श सायल गाउँपालिकाहरुलाई करिब लाख ५० हजार वरावरको खाद्यान्न राहत सामग्री बितरण गरेको बिदेश तथा स्वदेश वाट आफ्नो गाउँ फर्की गाँउपालिकाको क्वारेन्टाईनमा बसिरहेका करिब २५० जनालाई पुग्ने गरी राहत बितरण गरियको सामुदायिक बिकास केन्द्र (सिडिसि ), डोटीका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।

   वल्र्ड भिजन ईन्टरनेशनल नेपाल सामुदायिक बिकास केन्द्रको संयुक्त साझदारिमा संचालित कोभर परियोजनाले गाउँ समुदायले सास्ती खेपिरहेका वेला गाउँपालिकाहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला गाउँपालिकाको माग बमोजिम खाद्यान्न सामग्री बितरण गरेको हो खाद्यान्न सामाग्रीहरु अन्तर्गत मसिनो चामल, दाल, नुन, तेल, चिनी, आलु अन्डा बितरण गरियको

  आदर्श गाउँपालिकालाई करिव लाख सायल गाउँपालिकालाई करिव लाख ५० हजार बरावरको खाद्यान्न बितरण गरियको अध्यक्ष जोशीले जानकारी दिए ।