धनगढी पोष्ट
सोमबार, २४ माघ २०७८ मा प्रकाशित
धनगढी । धनगढीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालले धनगढीमा प्रर्दशन गरेको छ । अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर धनगढीमा प्रर्दशन गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी )निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी खारेजको माग गरेको हो । चटकपुर स्थित प्रदेश पार्टी कार्यालयबाट पार्कमोडसम्म ¥याली निकाल्दै युवा संघले मुल्य वृद्धि फिता गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने भन्दै नारा लगाएका थिए ।
¥याली पछि आयोजित कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्चार्ज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले राम्रो हो भन्दै जनताका आँखामा छारो हालेर महाकाली सन्धी गर्दा अहिले नेपाललाई ठुलो नोक्सानी भएको बताउँदै एमसीसी सम्झौताबाट पनि नेपाललाई भविश्यमा ठुलो क्षेति हुन सक्ने बताए ।
सिंहले महाँकाली सम्झौता गर्ने नेतानै अहिले एमसीसी सम्झौता कार्यान्वयन गराउन लागिपरेको आरोप लगाए । ¥यालीमा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टी कैलाली जिल्ला कमिटी सदस्य ओम बिक्रम चन्द लगायतको सहभागिता रहेको थियो ।