धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

काष्ठ उद्योगमा आगलागी

काष्ठ उद्योगमा आगलागी

धनगढी । डडेल्धुरामा काष्ठ उद्योगमा आलजनी भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको हो ।

विद्युतको तार सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन काँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।