धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
लायन्स क्लब डिष्ट्रि««क्ट ३२५ एनको चुनावी अभियान र फेलोशीप

डिष्ट्रिक्ट ३२५ एनलाई नमुना डिष्टिक्ट बनाउँछु : चन्द

डिष्ट्रिक्ट ३२५ एनलाई नमुना डिष्टिक्ट बनाउँछु : चन्द

धनगढी । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रि««क्ट ३२५ एन नेपालको गभर्नरका उम्मेदवार सीबी चन्दले आफ्नो टीम निर्वाचित भएमा  नेपालकै नमुना डिष्ट्रिक्ट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्

धनगढीमा आयोजित चुनावी अभियान फेलोशीप कार्यक्रममा चन्दले डिष्ट्रिक्ट ३२५ एन अन्तर्गतका सदस्यहरुलाई सामाजिक सेवा भावमा समर्पित हुने वातावरणको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्

लायन्स क्लब ३२५ बी का प्रथम भाइस गर्भनर रहेका चन्दले क्लबका बारेमा प्रशिक्षण दिएर मात्र सदस्यता प्रदान गर्ने योजना बनाएर ड्रप आउटको संख्या न्युन गर्दै जीरोमा झार्ने योजना रहेको बताए

चन्दले आफु सहितका उम्मेदवारलाई शत प्रतिशत मत दिन समेत आग्रह गरे

 नया बन्न लागेको  लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एनको पहिलो पटक नेतृत्व चयन हुन लागेको हो फागुन गते चितवनमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ

 लायन्स क्लबमा उम्मेदवारहरुले पचास प्रतिशत भन्दा बढी मत पाए मात्र बिजयी हुने व्यवस्था

डिष्ट्रिक्ट ३२५ गभर्नरमा लायन्स क्लब अफ धनगढी टाउनका सिबी चन्द गभर्नर, नेपालगन्जका मुकुट ढकाल प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर दाङ तुलसीपुरका बिनोद कुमार श्रेष्ठ द्धितीय भाइस डिष्ट्रिक्ट  गभर्नरका उम्मेदवार रहेका छन्

डिष्ट्रिक्ट ३२५ बी नेपाल चार डिष्ट्रिक्टमा बिभाजित हुदैछ   राप्ती नदीबाट पश्चिमको ( साविकको मध्यपश्चिम सुदुरपश्चिम) सम्पुर्ण क्षेत्र काठमाण्डौका केही क्लबहरु सहित लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एनको स्थापना हुदैछ   फागुन गते चितवनमा हुने दशौं महाधिवेशनले  नयाँ डिष्टिक्टको नेतृत्व चयन गर्नेछ

 सो अवसरमा  कैलाश दाहालले धनगढीबाट लायन्सको नेतृत्व गर्न  पठाउन पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै बिजयी बनाउन आग्रह गरे

 लायन चक्र बहादुर सिंहले  लायन्समा संलग्नताको लामो इतिहासमा धनगढीबाट लायन्सको नेतृत्व गर्ने अवसर जुटिरहेको बताए

 लायन चेतराज पनेरुले लायन्सका आन्तरिक बाह्रय कृयाकलापमा चन्दको सक्रियता आकर्षक रहेको भन्दै बिजयी गराउन आग्रह गरे

एरिया चिफ राजेश भाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट  गभर्नरका उम्मेदवार मुकुट ढकाल, द्धितीय भाइस डिष्ट्रिक्ट  गभर्नरका उम्मेदवार बिनोद कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए कार्यक्रमा सञ्चालन एरिया सेक्रेटरी कृष्ण बोहराले गरेका थिए