धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

प्रेस चौतारी बैतडीद्वारा पत्रकार महाँसंघको समर्थन फिर्ता

प्रेस चौतारी बैतडीद्वारा पत्रकार महाँसंघको समर्थन फिर्ता

धनगढी नेपाल पत्रकार महाँसंघ बैतडीको नयाँ कार्यसमिति चयन गर्न पत्रकारका चार सङ्गठनको सहमति भएको बताइए पनि प्रेस चौतारीले भने समर्थन फिर्ता गरेको भन्दै प्रेस विज्ञप्ति जारि गरेको

पेसागत संगठनहरू संगठन बाहिर रहेका स्वतन्त्र पत्रकारहरूको सहमति बिना बैतडीमा विवाद समाधान नहुने देखिएपछि प्रेस युनियनको नेतृत्वमा चयन गर्ने गरी गरिएको चार वटा सङ्गठनको निर्णयबाट समर्थन फिर्ता लिएको प्रेस चौतारी बैतडीका अध्यक्ष सिपि लोहियाद्वारा जारी विज्ञप्तिमा उल्लेख

साथै साधारण सदस्यता प्रदान गर्ने क्रममा जिल्लामा ठूलो संख्यामा गैर पत्रकारहरुलाई सदस्यता दिइएको विषयमा विगतदेखि नै विवाद रहेको शुद्धीकरणकै विषयलाई लिएर गत चैतमा जिल्ला अधिवेशन पनि अवरुद्ध भएका कारण शुद्धीकरणको प्रक्रियापछि मात्र महासंघको नेतृत्व चुनिनुपर्ने जिल्लाबासी पत्रकारहरुको मागलाई सम्बोधन गर्न विज्ञप्तिमार्फत माग गरिएको  

२०७७ चैतमा स्थगित भएको नेपाल पत्रकार महासंघ बैतडी शाखाको नेतृत्व चयनका लागि महासंघको प्रदेश कमिटिको टोली गत गत माघ २८ गते बैतडी पुगेको थियो तर सहमति हुन नसकेपछि प्रदेश महासंघको टिम फर्केको

विज्ञप्तिमा नेपाल पत्रकार महासंघको विधानअनुसार विधि प्रक्रियाद्वारा नेतृत्व छनौट गर्न भनिएको विधानमा पत्रकार महासंघ निष्पक्ष संस्था रहने भन्दै व्यवस्था भए पनि महासंघ राजनीति गर्ने थलो जस्तै बनेको आरोप लाग्दै आएको