धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

वाणिज्य कार्यालय धनगढी ७ महिना देखि कार्यालय प्रमुख विहीन

वाणिज्य कार्यालय धनगढी ७ महिना देखि कार्यालय प्रमुख विहीन

धनगढी बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा महिना देखी कार्यालय प्रमुख बिहीन बनेको महिना अघि तत्कालिन निमित्त कार्यालय प्रमुख कमलबहादुर पुनमगर कार्याकाल सकिएपछि विदा भएका थिए त्यस यता अर्को कार्यालय प्रमुख नआउँदा बजार अनुगमन लगायत अन्य काम प्रभावित बनेका कर्मचारी बताउँछन्

बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा उपसचिबको दरबन्दी भएपनि अहिलेसम्म त्यसको परिपुर्ती हुन नसकेको बाणिज्य कार्यालय धनगढीका निमीत्त कार्यालय प्रमुख ललित प्रसाद पन्तले बताए उनले महिना देखी कार्यालय प्रमुख नहुँदा बजार अनुगमन लगायत दैनिक कार्यालय कामकाजमा समस्या भएको बताए

कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा केवल खाद्यबस्तुको अनुगमन तथा निरीक्षण मात्रै भैरहेको तर अनुगमनका क्रममा अखाद्य बस्तु फेला परेमा वा अनुचित ब्यापारीक कृयाकलाप गर्ने ब्यवसायीमाथि निर्देशन दिन, कार्वाही तथा जरीवाना गर्न समस्या भैरहेको , उनले भने, ‘सामान्य रुपमा मात्रै बजार अनुगमन भएको , तर कार्य योजना अनुसार अघि बढ्न सकिएको छैन साखा अधिकृत स्तरको रुपमा कैलालीको जोशीपुर गाउँपालीकाका प्रमुख प्रसाशकिय अघिकृत कमल राज उपाध्याय पदस्थापन भैसकेको तर हाजिर नभएको उनले बताए