धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

सुदूरपश्चिमका चार स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुदूरपश्चिमका चार स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

धनगढी । सरकारले सुदूरपश्चिमका चार प्रदेश नम्बर के एउटा सहित पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार तथा प्रदेश को एक स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो

संकटग्रस्त क्षेत्र २०७९ वैशाख मसान्तसम्म लागूहुने मन्त्रालयले जनाएको विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चारवटा गाउँपालिका एक नगरपालिका रहेका छन् मन्त्रालयका अनुसार सुदूरपश्चिमको डोटी स्थित को शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका अजयमेरु गाउँपालिका रहेका तथा दार्चुलाको नौगाड गाउँपालिकालाई विपद् संकट ग्रस्त क्षेत्र घोषणा गरेको हो

यसैगरी प्रदेश अन्तरगा सुनसरीको बराहक्षेत्र नगरपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको बाढी, पहिरोलगायतका विपद्बाट ठूलो मानवीय क्षती भएको ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको

ती स्थानीय तहमा पुगेको क्षतीको पुनस्निर्माण तथा पुनस्स्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने जनाइएको