धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कैलालीमा बन्दको सामान्य प्रभाव

कैलालीमा बन्दको सामान्य प्रभाव

धनगढी एमसीसीको बिरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको एमसीसीको बिरोधमा दलिय मोर्चाले देशभर बन्द आह्वान गरेको थियो

प्रहरीका अनुसार कैलाली कञ्चनपुर स्थित बजार क्षेत्र फाटफुट बन्द बजार क्षेत्रमा विद्युतिय रिक्सा मोटरसाईकल चलेका छन् भने ठुला सवारी साधन बन्द रहेका छन् बजार क्षेत्र बाहेकका स्थानमा भने ठुला सवारीका साधान पनि सुचारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रबिन विष्टले बताए उनका अनुसार कैलालीमा बन्दकर्ताले शान्तिपुर्ण रुपमा प्रदर्शन गरेपनि कुनै अप्रिय घटना भने भएको छैन

जिल्ला प्रहरी कार्यादलय कञ्चनपुरका प्रबक्ता शिद्धराज न्यौपानेले पनि जिल्लामा बन्दको सामान्य प्रभाव रहेको बताए जिल्ला बाहिरबाट आएका सवै सार्वजनिक सवारीलाई कञ्चनपुर भित्र्याइएको उनले बताए नागरिकलाई सुरक्षा प्रदान गर्न कुनै अप्रिय घटना हुन नदिन बिहान बजेबाट नै प्रहरी परिचालन गरिएको उनले बताए

सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सञ्चालन भएपनि दिउँसोको समयमा भने सवै शैक्षिक संस्था बन्द रहेका छन् मंगलबार कैलालीमा सक्रिय दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो

मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो