धनगढी पोष्ट
बिहिबार, ०५ फागुन २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आज ४ बर्ष पुरा भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको फागुन महिनामा चार वर्ष पूरा भएर पाचौँ वर्ष लागेको छ ।
देश संघियतामा गैसकेपछि २०७४ फागुन ५ गते मुख्यमन्त्री त्रिलोचन्द भट्टको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले एमालेको समर्थनमा फागुन ५ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । सोहि दिन तत्कालिन प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्रीको सपथपछि प्रतिक्रिया दिदै भट्टले आफुले सुदूरपश्चिम प्रदेशलाई नमुना प्रदेश बनाउने दाबी गरेका थिए । त्यति मात्रै होईन सपथ ग्रहण गरेपछि मुख्यमन्त्री सहित मन्त्रीहरुले सुदूरपश्चिमलाई नम्वर एक प्रदेश बनाउने दावी गरेका थिए ।
माओवादीबाट प्रदेश सभा सांसदमा निर्वाचित भएका भट्टले आफ्नो ४ बर्षिय कार्यकाल पुरा गरेपनि प्रदेश सरकारले अपेक्षित काम गर्न नसकेको भनेर उनको आलोचना हुँदै आएको छ ।