धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

स्थानीय तहको चुनावका लागि दल दर्ता सुरु

स्थानीय तहको चुनावका लागि दल दर्ता सुरु

धनगढी निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता गर्न आज देखि आह्वान गरेको   आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ गतेसम्म दल दर्ता गर्न समय दिएको

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको निर्वाचन आयोगमा अहिले एक सय वटा दल दर्ता भएका छन् यी दलले चुनावका लागि छुट्टै दर्ता गर्नुपर्ने

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल वेबसाइट खुलाउनुपर्ने आयोगले जनाएको

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति दलको केन्द्रीयस्तर, प्रदेशस्तर जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति पनि खुलाउनुपर्नेछ

साथै यसभन्दा अघिको स्थानीय तहको चुनावमा प्राप्त गरेको निर्वाचन चिह्नको साटो अर्को चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा चुनाव चिह्न प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ


ट्रेन्डिङ