धनगढी पोष्ट
आइतबार, ०८ फागुन २०७८ मा प्रकाशित
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ,’ उनले भने, ‘पास गर्ने नगर्ने विषय त्यसपछि अघि बढ्ने छ ।’