धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

कैलारीमा ४ दिने योग शिविर सञ्चालन

कैलारीमा ४ दिने योग शिविर सञ्चालन

धनगढी कैलारी गाउँपालिकामा दिने योग शिविर सञ्चालन भएको कैलारी गाउँपालिका हसुलिया आयुर्वेद शाखाको आयोजनामा सञ्चालन भएको योग शिविर दैनिक दुई घण्टा सञ्चालन गरिने

कैलारी गाउँपालिका स्थित राष्ट्रिय निमावि वसन्तामा योगशिविर सञ्चालन भएको हो । कार्यक्रम उदघाटन तथा अध्यक्षता  कैलारी गाउँपालिका–७ का वडाअध्यक्ष कमलप्रसाद चौधरीले गरेका थिए । कार्यक्रम संचालन हसुलिया आयुर्वेद औषधालयका प्रमुख सुभाष शाहले गरेका थिए ।

कार्यक्रममा योग प्रशिक्षक वेद प्रकास चौधरी ले योग सिकाएका थिए । कार्यक्रममा ७ नं. वडा कार्यालयका सचिव गणेश राम चौधरी, हसुलिया आयुर्वेद औषधालयका वरिष्ठ वैद्य चन्द्र बहादुर तारामी मगर तथा अन्य कर्मचरीको उपस्थिती रहेको थियो । कार्यक्रममा योग, ध्यान, सुर्यनमस्कार, प्रणायाम आदीको अभ्यास गराइने छ ।