धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बझाङमा अनियमित विद्युत कटौतिका कारण व्यवसायीलाई सास्ति

बझाङमा अनियमित विद्युत कटौतिका कारण व्यवसायीलाई सास्ति

धनगढी । बझाङमा अनियमित रुपमा विद्युत कटौति हुादा व्यवसायी तथा उद्योगिलाई सास्ति भएको

राष्ट्रिय प्रसारण लाइन पुगेको चार वर्ष भइसक्दा पनि विद्युत् सेवा अनियमित हुन नरोकिएपछि दैनिक जनजीवन व्यापार व्यवसाय प्रभावित भएको चार वर्षअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यस जिल्लामा सेवा सुरु भएदेखि नै पटकपटक विद्युत् सेवा अवरुद्ध हुने गरेका कारण उपभोक्ताहरू मारमा परेका हुन्

मौसममा सामान्य बदली हुँदा विद्युत् अवरुद्ध हुने समस्या वर्षसम्म पनि हट्न सकेको छैन बादल लाग्दा, हावा चल्दा पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गर्दछ, स्थानीय प्रेम शाहले भने, ‘अब राष्ट्रिय लाइन आयोजना बिजुलीका दुःख हट्ने भयो भनेर खुसी भयौँ, झन् पहिलाको भन्दा बढी अवरुद्ध हुन थाल्यो देश लोडसेडिङ मुक्त भनेर घोषणा भएको हामी भने हप्तौँसम्म अन्धकारमै बस्नुपरेको

राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिला यहाँका बासिन्दालाई विद्युत् प्राधिरकरणले नै निर्माण गरेको सय किलोवाट क्षमताको सुर्मादेवी साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने गरिएको थियो राष्ट्रिय प्रसारण लाइनमा खराबी आएका बेला सदरमुकाम आसपासका गाउँलाई सेवा दिँदै आएको यो विद्युत् पनि गत कात्तिकमा आएको बेमौसमी बाढीका कारण हाल बन्द रहेको

बाढीले इन्टेक नहर बिग्रिएकाले यसको मर्मत हुन सकेको छैन विद्युत् नभएका कारण बिक्री नभएको मासुलाई भण्डारण गर्ने व्यवस्था नहुँदा अधिकांश मासु पसलले दैनिक ठूलो घाटा व्यहोर्नुपरिरहेको यस्तै दूधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नुपरेको डेरी सञ्चालक सावित्री सिंहले बताइन्