धनगढी पोष्ट
सोमबार, ०९ फागुन २०७८ मा प्रकाशित
धनगढी । धनगढीमा सुविधा सम्पन्न लाईट हाउस सञ्चालनमा आएको छ । घर, रेष्टुरेन्ट, पार्टी प्यालेस, होटल, टेन्ट बार लगायतका सभा हलकालागि चाहिने विभिन्न आधुनिक लाइट -सजावट बल्ब_ सहित धनगढीको एल.एन चोकमा पन्त लाईट हाउस सञ्चालनमा ल्याइएको हो ।
धनगढीमा खोजे अनुसारको लाईट सामाग्री नपाएर ग्राहकले काठमाण्डौं वा भारतबा विभिन्न स्थान सम्म जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै युवा व्यवसायी प्रज्वल पन्तले धनगढीमै लाईट हाउस सञ्चालनमा लयाइएका हुन् ।
अव ग्राहकले खोजेको लाईट सामाग्री धनगढीमै पाउन सक्ने सञ्चालक पन्तले बताए । ‘धनगढीमा पहिलो पटक सुविधा सम्पन्न लाईट हाउस सञ्चालनमा ल्याएका छौं,’ पन्तले भने, ‘यसमा ग्राहकले खाजे अनुसारका लाईटका सामाग्री शुलभ मुल्यमा पाउने छन् ।’ काठमाण्डौं, भारत र चाइनाबाट लाईट ल्याइने गरेको उनले बताए । ४० लाख लगानीमा लाईट हाउस सञ्चालन गरिएको पन्तले बताए ।
‘हामीले पनि घर बनाउन्दा धनगढीमा खाजे अनुसारको लाईट पाउन सकेनौं, धेरै चिनेजानेका मानिसको गुनासो पनि खाजेको लाईट धनगढीमा भेटिएन भन्ने सुन्न्थ्यिे,’ पन्तले भने, ‘सो समस्या लाई मध्यजनर गरेर हामीले लाईट हाउस खालेका हौं, अव लाईटका सामाग्री खोज्न बाहिर जानुपर्ने छैन ।’
ग्राहकको माग अनुसार बाहिरबाट पनि लाइट ल्याएर ग्राहकलाई दिन समिने उनले बताए । लाइट हाउसबाट झुमर, सिलिङ लाईट ह्याङ्गीङ लाइट, रेष्टुरेन्ट, क्याफेमा लगाइने लाईट, पार्टी प्यालेस, बार लगायतका स्थानमामा लगाइने लाइट, पाइने उनले बताए ।