धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

निर्माण सम्पन्न भएको पुल सञ्चालन नहुँदा सास्ती

निर्माण सम्पन्न भएको पुल सञ्चालन नहुँदा सास्ती

धनगढी । दार्चुलामा निर्माण सम्पन्न भइसकेका झुलङ्गे पुल प्रयोग गर्ने अनुमति नहुँदा स्थानीय खोलाको जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् पुल प्रयोगमा नआउँदा स्थानीयले सास्ती खेप्नु परेको व्यास व्यासीले बताएका छन्

परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको सरकारले व्यास, बडूगाउँस्थित महाकाली नदीमाथि गत वर्ष फागुनमै झोलुंगे पुल बनाइसकेको हो

उक्त पुल सञ्चालन हुन सके घण्टामै सदरमुकाम टेक्न सकिने स्थानीय महेश बडू बताउँछन् व्यास मल्घट्टेमा भने नेपालभारत जोड्ने झोलुंगे पुल माघ तेस्रो साता बनिसकेको हो उक्त पुलको मुन्तिर तुइन थियो

एसएसबीले त्यो पनि हटायो, स्थानीय हरकसिंह विष्टले सुनाए, अब खलंगा पनि घण्टामा मात्रै पुगिन्छ, झोलुंगे पुल खुलाइदिए हुन्थ्यो पहिलेदेखि नै बनिसकेका पुल खोल्न स्थानीय बासिन्दाले आग्रह गर्दा समेत प्रशासनले वेवास्ता गरेको स्थानीय बताउँछन् व्यास गाउँपालिका जिल्ला प्रशासन कार्यालयलाई समेत पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ