धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

रिकोभरद्वारा गौरिफण्टा स्वास्थ्य वीटमा करिव तीन लाख बराबरको सहयोग

रिकोभरद्वारा गौरिफण्टा स्वास्थ्य वीटमा करिव तीन लाख बराबरको सहयोग

धनगढी कोभिड१९ बाट प्रभावित समुदायका लागि पुर्नउत्थान परियोजना (रिकोभर) ले गौरिाफन्टा नाका स्थित स्वास्थ्य विटलाई करिव तीन लाख बराबरको सहयोग गरेको

पुनर्वास नगरपालिकाको सहयोगमा स्वास्थ्य वीटले माग गरे अनुसार दुई लाख ६५ हजार सय ३९ रुपैंया बराबरको भौति सामाग्री हस्तान्तरण गरिएको रिकोभर परियोजनाका कैलाली संयोजक लक्ष्मण चौधरीले बताए । उनका अनुसार वितरण गरिएका सामाग्रीमा डेल कम्पनिको सेट ल्यापटप, स्याम्सुम ए७ का थान ट्याबसेट, थान स्टोप्लाईजर, थान कार्टेज, थान मल्टिप्लग, थान सिजी कम्पनिको टेबुल पंखा स्वास्थ्य वीटलाई हस्तान्तरण गरिएकोछ 

यसैगरी थान पानी शुद्धिकरण यन्त्र, थान डे«सिङ सेट, थान सेमिफोलोर बेड, थान पर्दा, सेट स्टिल दराज, थान काठको टेबल वटा स्टिलका कुर्चि समेत स्वास्थ्य विटलाई हस्तान्तरण गरिएको संयोजक चौधरीले बताए

हेल्थ डेस्कबाट केही सामाग्री माग भएको सोही अनुसार पुनर्वास नगरपालिकाको सहकार्यमा रिकोभर परियोजनाले सहयोग गरेको संयोजक चौधरीले बताए स्वास्थ्य विटमा कोभिड नियन्त्रण तथा स्वास्थ्य चेकजाँचमा सहजहोस् भन्ने उद्देश्यले काम गरिरहेको बताउँदै उनले सहयोग पछि वीट व्यवस्थापनमा केही सहजता हुने विश्वास व्यक्त गरे सीमा नाकामा सञ्चालित स्वास्थ्य विटमा पनि सरसफाई कार्यक्रम सञ्चालन गर्ने गरेको परियोजनाले सुरक्षा भवन निर्माण गरिरहेको

रिकोभरले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका कैलारी गाउँपालिकामा स्वास्थ्य जीविकोपार्जनका क्षेत्रमा काम गरिएको जस अन्तरगत कोभिड१९ बाट प्रभावित सय जना विपन्न नागरिकको निशुल्क स्वास्थ्य वीमा गरिएको ४५ दिनका ५० जना भन्दा बढी सुत्केरी महिलालाई सोही परियोजना अन्तरगतको न्यानो माया कार्यक्रम मार्फत खाद्य, पोषण, लत्ताकपडा तथा सरसफाई सामाग्री वितरण गरिएको संयोजक चौधरीले बताए

जीविकोपार्जन तर्फ कृषिमा कैलालीका सय किसानलाई वीउ वितरण गरिएको भने, कोभिड१९ का कारण वेराज्गार भएका एक सय २० जना नागरिकलाई आय आर्जनमा सहयोग गरिएको चौधरीले बताए

सहयोग सामाग्री बुझ्दै पुनर्वास नगरपालिका११ का वडा अध्यक्ष तुलक्षि अर्यालले सहयोग पछि स्वास्थ्यकर्मीलाई काम गर्न सहज हुने बताए सहयोग सामाग्री स्वास्थ्य विटमा आवश्यकता अनुसार प्रयोग गरिने बताए

स्वास्थ्य विटलाई सरकारी स्तरबाट प्रयाप्त सामाग्री प्रदान गर्न नसिएका वेला रिकोभरले गरेको सहयोग धेरै उपयोगी हुने उनले बताए स्वास्थ्य क्षत्रमा वेसले धेरै सहयोग गरेको बताउँदै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए

तत्कालका लागि भौतिक संरचनाको धेरै समस्या भएको उनले बताए त्यसका लागि प्रक्रिया सुरु गरिएको उनले बताए