धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

धनगढी नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री शुरेन्द्र पाण्डेले एमसीसीका कारण शत्तारुढ गठबन्धन भत्किने नयाँ समिकरणमा सरकार बन्ने दावी गरेका छन्

आइतबार प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दै एमसीसीका कारण नै गठबन्धन भत्किने बताए अहिलेको गठबन्धन सरकारले देशलाई अनिणर्यको जालमा राखेको , पाण्डेले भने, ‘यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने देखिन्छ

उनले एमसीसी फिर्ताभए अन्तराष्ट्रिय सहयोग रोकिने देशमा चरम आर्थिक संकट आउने बताए त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उनले एमसीसी फिर्ताभए देशमा ठुलो आर्थिक संकट आउन सक्ने बताए रेमिट्यान्स ओरालो लागेको , पाण्डेले भने, ‘बैंकले ऋण बढाएपनि अर्थतन्त्र झनै खुम्चिएको , यस्तो अवस्थामा वैदेशिक सहायतालाई लग्दैनौं भन्नु मुखर्ता हुने , एमसीसी नेपालले स्वीकार्नुको विकल्प छैन

शत्तारुढ गठबन्धनका कारण एमसीसी गिजोलिएको उनको आरोप सदन सडकमा शत्ताधारी दल देखिएका छन्, उनले भने, ‘सडकमा एउटा बोल्ने सदनमा एउटा बोल्ने दोहोरो चरित्रका कारण यो समस्या आएको हो

शत्तारुढ दलले उमसीसीका बारेमा स्पष्ट धारणा नबनाएका कारण एमालेले आफ्नो धारणा नल्याएको उनले बताए शत्तागठनब्नध संग स्पठट बहुमत हुँदाहुँदै एमसीसीमा प्रतिपक्षको साथ चाहिने अवस्था छैन, उनले भने