धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली, कञ्चनपुरमा बन्दको सामान्य प्रभाव

कैलाली, कञ्चनपुरमा बन्दको सामान्य प्रभाव

धनगढी एमसीसी पास गरेको विरोधमा वटा दल वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको

बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् तर हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दुरीका सवारीलाई भने चल्न दिइएको जनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए

उनका अनुसार बन्द कर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालयकलेज, बजारव्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडीहरु भने चल्न दिने बताएका छन् देशका विभिन्न स्थानबाट हिजोनै छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको उनले बताए त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन समेत गरिएको उनले बताए

कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था लामो तथा छोटो दुरीका सवारी साधन बन्द रहेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाईकल सुचारु छन् भने केही निजी ठुला सवारी समेत सञ्चालन भइरहेका छन् मुख्य बजार बाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरिक्षक बमले बताए