धनगढी पोष्ट
सोमबार, १६ फागुन २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएकोहो । निर्वाचनमा २ हजार ४ सय ८५ जनाले मतदान गरेका थिए । कांग्रेस कैलालीको जिल्ला अधिवेसनका लागि २ हजार ५ सय ७६ प्रतिनीधि छनौंट भएका थिए ।
कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि नारायण भट्ट, प्रकाश बम र रामबहादुर कलेल प्यानल सहित निर्वाचनमा होमिएका छन् । पार्टीका निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा फागुन १८ गते बुधबार दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए ।