धनगढी पोष्ट
मङ्गलबार, १७ फागुन २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्ेस कैलालीको चुनावी अधिवेसन अन्तरगत दोश्रो चरणको मिति घोषणा भएपनि स्थान नतोकिक्दा प्रतिनीतिमा अन्यौलता सिर्जना हुन थालेको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआउँदा कांग्रेसको निर्वाचन समितिले फागुन १९ गते दोश्रो चाणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर कुन ठाउँमा निर्वाचन हुने भन्ने बारेमा भने अझै खुलाइएको छैन । स्थान नतोकिंदा मतदातामा अन्यौलता सिर्जना हुन थालेको कांग्रेसका गणेश कुमार भण्डारीले बताए ।
कांग्रेस कैलालीका निर्वाचन अधिकारी टेकनारायण सुवेदिले भने भोली (बुधबार) सम्म स्थान तोकिने बताए । उनले कार्यकर्ता तथा मतदातालाई स्थानबारेमा जानकारी दिइने बताए । कांग्रेस कैलालीको नेतृत्वका पकाश वम र नारायणदत्त भट्ट विच प्रतिष्पर्धा हुने छ । तेश्रो स्थानमा मत पाएका सभापतिका उम्मेदवार रामबादुर कलेल भने पहिलो चरणबाटै बाहिरिएका छन् ।