धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

सेती लोकमार्ग निर्माण कार्य सुस्त

सेती लोकमार्ग निर्माण कार्य सुस्त

धनगढी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रुपमा अधि सारेको सेती लोकमार्गको निर्माणकार्य सुरु भएको दुई बर्ष देखि काम सुचारु नै नभएको लोकमार्गमा अहिले पनि सुस्त तरिकाले काम भइरहेको निर्माण कार्यले गति लिन नसकेपछि स्थानी वासी भने लोकमार्ग बन्नेमा आसंका व्यक्त गर्द छन्

सडक निर्माण कार्यले गतिनलग्नुमा राजनीतिक दल जिम्मेवार भएको बताउने स्थानीय डिल्लीराज जोशी राजनीतिक खिचातानीका कारण अधुरै हुनेहोकि भन्ने चिन्ता लागेको बताउँछन्

बर्सेनि बजेट आउँछ फ्रिज भएर जान्छ, उनले भने, ‘थुपै्र पटक सरकारलाई झकझकाउने काम पनि गरिरहेका छौं, तर काम अझै अघि बढ्न सकेको छैन, नेताहरूले सेती लोक मार्गलाई चुनावी नारा मात्र बनाउने काम नगर्ने परिपार्टी देखिएको लोकमार्ग कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडिन्छ

अहिले रोकिएको काम चार चरणमा सुरु भएको कैलालीको बौनियाँ, डोटी कैलालीको सिमाना, अछामको साँफेबगरदेखि चित्रेतर्फ उत्तरको घुघुरकोटदेखि ३० किमि स्तरोन्नति थालिएको हो कैलाली खण्डमा दुई पक्की पुल बनाउन टेन्डर आह्वान गरिएको

बर्दगोरिया गाउँपालिका स्थित काँडा मोहन्याल गाउँपालिका कोल्तडीस्थित झाप्री खोलामा पुल बन्ने सेती लोकमार्ग साँफेबगर कार्यालयका प्रमुख राजेशकुमार यादवले बताए