धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

धनगढीको मेयरमा हमालको स्वतत्नत्र उम्मेदवारी घोषणा

धनगढीको मेयरमा हमालको स्वतत्नत्र उम्मेदवारी घोषणा

धनगढी कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्

बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका विच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमूना मोडल बनाउने बताए उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिदैं आफुले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने शहर बनाउन चाहेको बताए

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफु मेयरमा विजयीभए कुनै पनि सेवा सुविधा नलग्ने घोषा गरेका छन् सवारी साधन आफ्नै चलाउने इन्धन खर्च समेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताएका छन् उनले मेयर भएर एक रुपैंया पनि नलग्ने आफु नेपालकै पहिलो जनप्रतिनीधि हुने समेत बताए

मलाई कुनै प्रलोभन छैन, उनले भने, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमूना मोडल बनाउने हो, त्यसका लागि जनताले एकपटक मौका दिने छने भन्ने अपेच्छा गर्दछु उनले धनगढीको मेयरमा आफु अन्तिम पटक लड्ने समेत दावी गरेका छन्

२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवार थिए तर नेपाली कांग्रेसका उम्मेदवार नृपवड संग संग उनि २८ सय मतले पराजित भएका थिए

मेयरमा वीजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा लागेका थिए विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिन दिन अघि सो पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्