धनगढी पोष्ट
बिहिबार, १९ फागुन २०७८ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत जारी मत गणनामा सभापतिका उम्मेदवार नारायण भट्टले अग्रता बटाएका छन् । १ हजार मत गन्दा एक सय मत अगाडी रहेका भट्ट कैलालीका दुई वटा निर्वाचन क्षेत्रको मतगणना सकिंदा २१४ मतले अगाडी देखिएका छन् । दुइृ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा भट्टलाई २१४ मतको अग्रता छ । निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टले २७८ मत पाउँदा बमले १८२, क्षेत्र नम्बर २ बाट भट्टले २८१ मत पाउँदा बमले १६३ मत पाएका छन् ।
पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।