धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

नाष्टका ४९ विद्यार्थीलाई दिक्षान्त उपाधी

नाष्टका ४९ विद्यार्थीलाई दिक्षान्त उपाधी

धनगढी । प्राविधिक शिक्षा अन्तरगत स्नातक तह उत्तिर्ण गरेका ४९ जना विद्यार्थीलाई नाष्ट कलेजले दीक्षान्त उपाधी प्रदान गरिएको

पोखरा विश्व विद्यालयको सत्रौं दीक्षान्त समारोहमा कोभिडका कारण सहभागि हुन नसकेका बीबीए, बीइ बीसीय संकायका ४९ जना विद्यार्थीलाई दीक्षान्त उपाधी प्रदान गरिएको हो

पोखरा विश्व विद्यालयको संम्बन्धन प्राप्त शैक्षिक संस्था नाष्टले पोखरा विश्व विद्यालयको १७ दिक्षान्त समारोहमा कोभिड१९ का कारण विद्यार्थीलाई पठाउन नसकेपछि विश्वविद्यालय ऐनमा व्यवस्था भएको अधिका प्रयोग गरी दिक्षित विद्यार्थीलाई उपाधी प्रदान गरेको हो

दीक्षित विद्यार्थीलाइ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पोखरा विश्वविद्यालयका सभासद प्राध्यापक डाक्टर अम्मराज जोशीले सपथ ग्रहण गराउँदै उपाधी वितरण गरेका हुन्

कार्यक्रममा व्यवस्थापन संकाय अन्तरगत बीबीए तर्फका जना, विज्ञान तथा प्रबिधी संकाय अन्तरगत बीई कम्प्यूटर तर्फका १३ जना, विज्ञान तथा प्रविधी संकाय अनतरगत बीसीए तर्फका जना विज्ञान तथा प्रबिधी संकाय अन्तरगत बीई सिभिल तर्फका २४ जना विद्यार्थीलाई दीक्षान्त उपाधी प्रदान गरिएको

पोखरा विश्वविद्यालय संग सम्बन्धन प्राप्त नाष्ट कलेजले हाल सम्म बीबीए संकायका सय ९५, बीई कम्प्यूटर संकायका सय ७० जना, बीसीए संकायका सय ६२ जना बीई सिभिल संकायका सय ६१ जनालाई दिक्षित गरेको दिक्षित मध्य बीबीएमा १४ विद्यार्थी, बीई कम्प्यूटरमा विद्यार्थी, बीसीएमा १२ जना विद्यार्थी तथा बीई सिभिलमा जना विद्यार्थी डिन लिस्टमा परेका थिए

विज्ञान प्रबिधीले अहिलेको आवश्यकता : उपकुलपति जोशी

 

धनगढी   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पोखरा विश्वविद्यालयका सभासद प्राध्यापक डाक्टर अम्मराज जोशीले वर्तमान युग विज्ञान प्रबिधि मैत्री भएको प्रविधीमा सवैले जानकार हुनु आवशयक रहेको बताएका छन्

पोखरा विश्वविद्यालयको १७औं दीक्षान्त समारोह अन्तरगत शुक्रबार नाष्ट कलेजमा आयोजित दीक्षान्त समारोहमा बोल्नै उपकुलपति जोशीले प्रबिधी सम्बन्धी दक्षता हाँशील गरेका विद्यार्थीलाई रोजगारीमा सहज हुने बताए आफुले शिक्षा आर्जन गर्न निकै कठिनाई भोगेको उदाहरण दिंदै प्राध्यापक डाक्टर जोशीले अहिले शिक्षा आर्जन गर्न सजिलो रहेका बताए सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङमा झरो (सल्लाको दाउरा) बालेर मैले प्रारम्भिक शिक्षा आर्जन गरे, उच्च शिक्षाका लागि १६ दिन यात्रा गरेर काठमाण्डौं पुग्न सकेको थिएं, उपकुलपति जोशीले भने, ‘अहिले शिक्षा आर्जनका लागि त्यती दुःख गर्नुपर्ने अवस्था छैन, तर प्रबिधी विज्ञान अहिलेको आवश्यकता बनेको आफुले १५, १६ बर्ष अधि मात्रै कम्यूटर चलाउन सिकेको बताउँदै उनले अहिले भने आधारभुत तहदेखिनै विद्यार्थीले कम्यूटर पढ्न पाएको बताए

उपकुलपति जोशीले विद्यार्थीलाई असल योग्य नागरिक बन्न सुझाव दिए उपाधी पाउनु मात्रै ठुलोकुरा हैन, उनले भने, ‘त्यस अनुसार आफुलाई योग्य बनाउनु सवैभन्दा महत्व पूर्ण उपलब्धी हो

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक यज्ञराज पाठकले विद्यार्थीलाई आगामी दिनमा इमान्दार बन्न आग्रह गरे दीक्षान्त उपाधी पाउन अघि विद्यार्थीले खाएको सपथलाई कहिल्यै नबिर्सन उनले आग्रह गरे साथै उच्च शिक्षा अध्यनका लागि विदेश जाने सोच भएका विद्यार्थीलाई आफ्ना आमाबुबालाई वृद्धाश्रममा नराख्न उनले सुभाव दिएका छन् आमाबुबाले जीवनभर दुःख गरेर तपाईहरुलाई यो स्थान सम्म पु¥याउनु भयो, उनले भने, ‘बुढेस्कालमा उनिहरुलाई छोराछोरीको साथ चाहिएको हुन्छ, वृद्धाश्रमको हैन

दीक्षित हुने विद्यार्थीलाई देशप्रति जिम्मेवार बन्न पनि उनले आग्रह गरे आज युक्रेनलाई समस्या पर्दा सवै नागरिकले साथ दिएका छन्, उनले भने, ‘त्यसैगरी नेपाललाई पनि तपाईहरुको जतिवेला पनि खाँचो पर्न सक्दछ, त्यसका लागि युवाहरले जतिसुकै वेला पनि तत्पर हुनुपर्छ

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले उपाधी पछि विद्यार्थीको वास्तविक जीवनको सुरुवात भएको भन्दै आफ्नो जीवनलाई सफल बनाउन शुभकामना दिए शिक्षाका राष्ट्रिय उद्देश्य अनुसार काम गर्दै देश प्रति जिम्मेवार बन्न उनले आग्रह गरे

नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुड्भरीले उपाधी पछि आउने अफ्ठयारोको सामना गर्न सवै तयार हुनुपर्ने बताए यो नै विद्यार्थीको सफलता हैन, उनले भने, ‘हामीले सिकेका कुरालाई व्यवहारिक रुपमा लागु गर्दै इमान्दार बन्नु नै सवै भन्दा ठुलो हो आफुले पढाएका विद्यार्थी कहिलैं पनि नराम्रो काममा संलग्न नहोउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउँदै निर्देशक मुड्भरीले त्यसका लागि सवै विद्यार्थीको निग्रानी समेत गर्ने गरिएको बताए मैले पढाएको एक जना विद्यार्थीले भ्रष्टाचार गरेको पाए, उनले भने, ‘त्यसको नाम मैले जताततै भन्ने गरेको छु, मैले अन्य विद्यार्थीको पनि निग्रानी गर्दै आएको , गलत गरेको पाएमा नङ्ग्याएरै छोड्ने छु

उनले आफ्नो देशलाई आफ्नो घर जस्तै ठानेर सेवा गर्न सुझाव दिएका छन् जसरी हामीले आफ्नो घरलाई राम्रो बनाउने प्रयत्न गछौं घर बिगार्नेकाम गर्दैनौं, उनले भने, ‘त्यसरीनै देशलाई पनि आफ्नै घर ठानेर सेवा गर्नु पर्छ कार्यक्रममा ब्रिष्टन कलेजकी प्राध्यापक निशा भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए

कार्यक्रममा एश्वर्य बहुमुखी क्याम्पसका प्राचार्य धर्मदेशव भट्ट, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष विश्व अधिकारी, कैलाली उद्योग बाणिज्य संघका सचिव शिद्धराज पनेरु, जयमालिका कलेजका सञ्चालक तथा लायन्स क्लब अफ इनटरनेशनल ३२५  एन को डिष्ट्रिक्ट गभर्नर सीवि चन्द लगायतको उपस्थिती रहेको थियो

नाष्ट कलेजका प्राध्यापक उपेन्द्र बमले सञ्चालन गरेको कार्यक्रममा नाष्ट कलेजका प्राचार्य डाक्टर प्रेमबहादुर चन्दले स्वागत मन्तव्य व्यक्त गरेका थिए