धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

महिनावारीको समयमा पनि विद्यालय जान देउवातोको अनुमति

महिनावारीको समयमा पनि विद्यालय जान देउवातोको अनुमति

धनगढी । बाजुराको एक विद्यालयमा महिनावारी भएका शिक्षिका तथा छाज्ञालाई विद्यालय जान देउताले अनुमति दिएका छन्

बाजुरा स्थित बडीमालिका नगरपालिका रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा महिना वारी हुँदा पनि शिक्षका तथा छात्रालाई विद्यालय जान पाउने गरी त्यहाँका धामीले अनुमति दिएका हुन् यस अघि महिना वारी हुँदा देउवा रिसाउने डरले शिक्षिका तथा छात्रा वद्यालय जाँदैनथ्ये

शुक्रबार बडीमालिका को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताए

उनका अनुसार कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा शिक्षिकालाई  विद्यालयमा जान दिन पाउने गरी गरी समस्या समाधान गरिएको पुजारी रावलले बताए  दिए   

वर्षौँदेखि महिनावारी हुने शिक्षिकाले प्रत्यक महिना पाँच दिनसम्म विद्यालय नजाने गर्दै आएका थिए कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो

सोही कार्यक्रमअनुसार उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएको वडाध्यक्ष रावलले बताए

पटकपटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका पाँच दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक कैलाशलगायतका धामीसँग परामर्श गरी हेराउँदा आजदेखि विद्यालय जान दिनेगरी देवता खुसी भएको पुजारी रावलको भनाइ थियो