धनगढी पोष्ट
शनिबार, २१ फागुन २०७८ मा प्रकाशित
धनगढी । बैतडी स्थित सामुदायिक विद्यालयमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य शिविरमा बैतडीका ७ सय ५० विद्यार्थीले सेवा लिएका छन् ।
जिल्लाको सिगास गाउँपालिकाको ढुंगाडस्थित शारदा माविमा सञ्चालन गरिएको शिविरमा विद्यार्थीहरुले स्वास्थ्य जाँच गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए ।