धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली हार्डवेयर व्यवसायी सँघको अध्यक्षमा शाही

कैलाली हार्डवेयर व्यवसायी सँघको अध्यक्षमा शाही

धनगढी । कैलाली हार्डवेयर व्यवसायिक  संघको दशौ साधारण सभा तथा चौथो अधिवेशन कुवेर बहादुर शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको

निर्विरोध चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रन्जन कुमार शर्मा, उपाध्यक्ष  लवदेव पन्त नैनसिंह कार्की, महासचिव ईश्वर गिरी, सचिव अम्बादत्त भट्ट कोषाध्यक्ष राजेन्द्र चन्द रहेका छन्

संघको सदस्यमा नरेश बहादुर चन्द, यज्ञराज आचार्य, खडकराज भट्ट, रुद्र प्रसाद शर्मा, भानुभक्त आचार्य, गोपी चौधरी, गणेश दत्त जोशी श्रवण चौधरी चयन भएका छन्

यसअघि भएको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओडले राज्यको निर्माणमा  हार्डवेयर व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहेको बताए

  राज्यको बिकासका लागि आवश्यक निर्माण कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने हार्डवेयर व्यवसायीहरुको भुमिका राज्यले चिन्न आवश्यक रहेको मेयर ओडले बताए राज्यले राम्रो  व्यवस्थापन नगरेका कारण राज्यलाई कर तिर्ने व्यवसायीहरु कर तिर्नबाट हच्किने गरेको बताउँदै ओडले व्यवसाय गर्ने सहज वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए

संघका अध्यक्ष सुरेन्द्र राठीको अक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवर, सुदुरपश्चिम उद्योग वाणिज्य संघका उपाध्यक्ष  अनिल भुजानिया, होटल व्यवसायी सँघ कैलालीका अध्यक्ष कलम बम लगायतले मन्तव्य व्यक्त गरेका थिए