धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

शुक्लाफाँटामा बाघ गणनाका लागि जडान गरिएको क्यामेरा चोरी

शुक्लाफाँटामा बाघ गणनाका लागि जडान गरिएको क्यामेरा चोरी

धनगढी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि जडान गरिएको क्यामेरा चोरी भएको  राष्ट्रिय बाघ गणनाका लागि जडान गरिएका तीन जोडी क्यामेरा चोरी भएका जनाइएको छ ।

शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र जोगबुडा क्षेत्रमा क्यामेरा चोरी भएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए उनका अनुसार बाघ गणनाका लागि जडान गरिएका दुइजोडी क्यामेरा फुटाइएको अवस्थामा भेटिएका छन्

अर्यालका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र एक क्यामरा बाघले लगेर तोडफोड गरेर पुनः त्यही ठाउँमा राखेको पाइएको हो एक क्यामरा हात्तीले तोडफोड गरेर फालेको अवस्थामा भेटिएको बाघ हात्तीले क्यामरा फुटाएको उनले बताए यस्तै निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमै राखिएको क्यामरा बाघले लगेको जनाइएको

लालझाडी संरक्षित क्षेत्रअन्तर्गत डाँडाजाई क्षेत्रमा राखिएका दुई जोडी क्यामरा चोरी भएको उनको भनाइ यस्तै, लालझाडी संरक्षित क्षेत्रअन्तर्गत नै कृष्णपुरको दोमिल्ला क्षेत्रमा पनि एक जोडी क्यामरा तोडफोड भएको डडेल्धुरा जोगबुडाको चिरिकिट्टेमा पनि एक जोडी क्यामरा तोडफोड गरिएको