धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

रिकभर परियोजनाद्धारा कैलारी गाउँपालिकालाई ४० हजार मास्क सहयोग

रिकभर परियोजनाद्धारा कैलारी गाउँपालिकालाई ४० हजार मास्क सहयोग
कैलारी गाउपालिकाका प्रमुुख लाजुराम चौधरीलाई मास्क हस्तान्तरण गर्दै परियोजना संयोजक लक्ष्मण चौधरी

धनगढी कोभिड १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना (रिकभर) परियोजनाले  कैलारी गाउँपालिकालाई  ४० हजार थान मास्क सहयोग गरेको

 लुथरन  वल्ड रिलिफको सहयोगमा  ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस)  कैलालीले सँचालन गरिरहेको रिकभर परियोजना अन्तर्गत  ७२ हजार तीन शय २० रुपैयाँका मास्कहरु पालिकालाई हस्तान्तरण गरिएको हो

परियोजना संयोजक लक्ष्मण चौधरीले कैलारी गाउपालिकाका प्रमुख लाजुराम चौधरीलाई मास्क हस्तान्तरण गरेका हुन्

सो अवसरमा कैलारी गाउपालिकाका प्रमुख चौधरीले  सामाजिक सँस्थाहरुले गर्ने सहयोगले स्वास्थ्य क्षेत्रमा काम गर्न थप सहजता हुने गरेको बताए

 रिकभर परियोजना कैलालीका  कैलारी गाउँपालिका, धनगढी उपहानगरपालिका गोदावरी नगरपालिकामा सँचालन भैरहेको परियोजनाले कोभिड १९ बाट प्रभावित सीमान्तकृत समुदायको आर्थिक पुनरोत्थान स्वास्थ्य सँस्थाहरुको सबलीकरणमा काम गरिरहेको