धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रदेश र पालिकाबीच समन्वयको आवश्यकतामा जनप्रतिनिधिको जोड

प्रदेश र पालिकाबीच समन्वयको आवश्यकतामा जनप्रतिनिधिको जोड

धनगढी । प्रदेश सरकार स्थानीय सरकारका बीचमा समन्वयको अभावमा प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै जनप्रतिनिधिहरुले समन्वयमा जोड दिएका छन् प्रदेश सरकार स्थानीय सरकारहरु एक अर्कासँग समन्वय नगरेर अघि बढ्दा कानुन निर्माण, योजना निर्माण कार्यान्वयनमा अप्ठेरो परेको भन्दै जनप्रनिधिहरुले समन्वयलाई प्रभावकारी बनाउन संयन्त्रको आवश्यकतामा जोड दिएका हुन्

   पालिकाहरु सुदुरपश्चिम सरकारकाबीचमा समन्वय नहुदा  प्रदेशका योजानहरु स्थानीय आवश्यकता  अनुसार बन्न नसकेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले बताए  

हाम्रो (पालिकाको ) आवश्यकता एउटा हुन्छ, तर सुदुरपश्चिम प्रदेश सरकारले पालिकामा अर्कै योजना छुट्याउँछ परिवर्तन परियोजनाद्धारा बिहीवार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय तहको कानुन, नीति, योजना निर्माण स्थानीय स्तरमा सार्वजनिक सेवा प्रवाहका बिषयमा स्थानीय प्रदेश सरकारबीचको समन्वय तथा अनुभव आदान प्रदान कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख  पदम बोहराले भने हामीले सडक माग्यो, प्रदेशबाट पुलको योजना आउँछ बिद्याय भवन माग्यो, बिद्युतको पोलको योजना आउँछ

 स्थानीय आवश्यकता अनुसार योजना निर्माण हुन पालिकामा बनेका योजनाहरुको स्वामित्व पालिकालाई दिन प्रदेश पालिकाबीच समन्वय आवश्यक रहेको बोहराले बताए

 सबै भन्दा तल्लो सरकार पालिकाका अधिवेशन सबै भन्दा अन्तिममा हुने भएकाले योजना निर्माणको प्रकृया नै मिल्न नसकेको बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख पदम बहादुर बडुवालले  बताए पालिकाले गर्न नसकेका योजना प्रदेश सरकारले प्रदेश सरकारले गर्न नसकेका योजना संघीय सरकारले छनौट गर्न सके राम्रो हुन्थ्यो बडीमालिकाका प्रमुख बडुवालले भने  बजेट पेश पारित गर्ने समय तत्काल सच्याउन नसके पनि  तिनै तहका सरकारबीच समन्वयको संयन्त्र भएमा  मागका आधारमा योजना छनौट कार्यान्वयन गर्ने वातावरणको निर्माण गर्न सक्छौं  

 प्रमुख बडुवालले प्रदेश सरकार पालिकाहरुसँग छलफल गर्नुको साटो भागेर हिडेकोले समन्वयात्मक रुपमा काम हुन नसकेको बताए

 गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जनताका बीचमा पुगेका सरकारको प्रभावकारिता देखाउने हो भने प्रदेश पालिकाहरु मिलेर जानुको बिकल्प नभएको बताइन् दुवै सरकारको समन्वयको अभावमा योजनाहरुको डुप्लिकेशन   कार्यान्वयन पक्ष फितलो भैरहेको उपप्रमुख कडायतले  बताइन्

 चौरपाटी गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले प्रदेश सरकारले योजना छनौटमा पालिकाहरुसँग समन्वय नगर्दा  प्रदेशका योजनाहरु आफ्नो पलिकामा छनौट   भएको स्थानीय उपभोक्ताहरुबाट थाहा पाउने अवस्था रहेको बताए   पालिकाहरुको सहभागिता बिना   छनौट गरिएका योजनाहरुले पालिकाको आवश्यकतालाई सम्वोधन गर्न नसक्ने भएकाले योजना छनौटका लागि समन्वयको अति खाँचो रहेको थापाले बताए

जिल्ला समन्वय समिति महासँघकी केन्द्रिय सदस्य सानु बुडथापाले जिल्ला समन्वय समिति प्रदेश सरकारले बनाएका ऐन अनुसार नै सँचालन हुने भए पनि प्रदेश सरकारले जिल्ला समन्वय समितिको अपनत्व नलिएको बताइन्

सामाजिक  बिकास मन्त्रालयकी सचिव रिता भण्डारी जोशीले    कामको प्रभावकारिताका  लागि सामाजिक सँस्थाहरुसँग समन्वयको भुमिका निर्वाह गर्न आफु तयार रहेको बताइन्

 सुदुरपश्चिम प्रदेश सभा बिधायन समितिका सँयोजक नेपालु चौधरीले  सत्तामा रहेकाहरुका नजीकका व्यक्तिहरुलाई मागे अनुसार   सत्तामा नरहेकाहरुलाई नदिने दिए पनि थोरै दिने अभ्यास रहेकोले योजना निर्माण कार्यान्वयनमा समन्वयको आवश्यकता रहेको बताए

सभापति चौधरीले प्रदेश समन्वय परिषदले काम गर्छ कि भन्ने लागेका भए पनि त्यसले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै  प्रभावकारी समन्वयात्मक भुमिका खेल्न सक्ने  संयन्त्रको खाँचो रहेको बताए

 सुदुरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन थापाले  प्रदेश पालिकाबीच समन्वयका लागि प्रदेश समन्वय परिषद रहे पनि त्यसले प्रभावकारी काम गर्न नसकेको बताए    प्रदेश स्तरमा समन्वय गर्न प्रदेश समन्वय परिषद तर काम हुन सकेको छैन सभामुख थापाले भने  पालिकाका प्रमुख उपप्रमुखसँग  डराएर आधा एक घण्टामा नै परिषदको बैठक सक्नु आवश्यक छैन

परिषदको बैठकमा फराकिलो बनेर, व्यापक छलफल  गरेर निष्कर्षमा पुग्न आवश्यक रहेको बताउँदै सभामुख थापाले भने  हामी दलीय प्रणालीमा भएकाले प्रतिपक्ष पनि हुन्छ भनेर बुझ्न परयो नि

 प्रतिपक्षले पनि राम्रो काममा सहयोग गर्न आवश्यक रहेको सभामुख थापाले बताए 

 रतन बहादुर रावलले सँचालन गरेको उक्त कार्यक्रममा सहजीकरण इनलोगोसका कार्यकारी निर्देशक बिष्णु ढकालले गरेका थिए

 मालिका बिकास संघ नेपाल  अछाम, इडीसी डोटी इनलोगोसद्धारा  परिवर्तन परियोजना सँचालन भैरहेको कार्यक्रमको समन्वय  नेपाल नगरपालिका सँघ सुदुरपश्चिम प्रदेश गाउँपालिका राष्ट्रिय महासँद्ध नेपाल सुदुरपश्चिम  प्रदेशले गरेका हुन्