धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

बालबालिकालाई दिइने पोषण गुणस्तरहिन

बालबालिकालाई दिइने पोषण गुणस्तरहिन

गोपाल भट्ट
धनगढी । 
डडेल्धुरामा बालबालिकालाई दिइने पोषण समाग्री बालभीटा गुणस्तरहिन भएको पाइएको

जिल्लाको परशुराम नगरपालिकाका स्थित अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बाल भिटा डल्लो परेको -गुणस्तरहीन_ भेटिएको जनाइएको बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए सो सामाग्री भने प्रयोग गर्न मिल्ने खालको नभएको स्वास्थ्यकर्मीनै बताउँछन्

बाल भिटाभित्र धुलो हुनुपर्ने भए पनि ढिक्का भएको परशुराम नगरपालिका कटाल स्वास्थ्य चौकीका अहेव नन्दराम नाथले बताए उनले यस्तो समस्या नगरपालिकाभरि नै रहेको बताए जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो, यता भण्डारणमा समस्या छैन, सप्लाइमा समस्या हो, अहेव नाथले भने, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न धुलो मात्रै प्रयोग गर्न भनेका छौं

जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बाल भिटा पठाएको उनले बताए पहिले पठाएको बाल भिटामा समस्या देखिएपछि पछिल्लो पटक पठाएको सामाग्री भने राम्रो रहेको उनले बताए

बाल भिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले बताए कार्टुन हामी खोल्दैनौं, साथीहरूबाट डल्लो आएको गुनासो आएपछि प्रयोग नगर्न  स्वयंसेविकालाई नदिन भनेका छौं, उनले भने, ‘उपभोक्तासम्म नपुगेको होला, तर कसैले जानकारी नपाएर दिएको हुन सक्छ, जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्दा हामीलाई पनि त्यस्तै आएको भन्नु हन्छ