धनगढी पोष्ट बुधबार, ३१ बैशाख २०८२   May 14, 2025

दार्चुलातर्फ फर्काइयो महाँकालीको धार

दार्चुलातर्फ फर्काइयो महाँकालीको धार

धनगढी भारतले महाँकालीको धार दार्चुला तर्फ सोझिने गरी नदीलाई साँघुरो बनाएको स्थानीय वासीले गरेको सिवरोधको वेवास्ता गर्दै भारतले एस्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गरेको हो

अन्तर्राष्ट्रिय सीमा नदी मिचेर पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले करिब सय मिटर क्षेत्रमा नदीलाई साँघुरो बनाउादै पानीकै धार नेपाल तर्फ फर्काएको हो भारतीय तटबन्ध नदीको बदलिएको धारका कारण वर्षातमा बाढीले नेपालपट्टि क्षति गराउने जोखिम उच्च बनेको

स्थानीयका अनुसार भारतीय पक्षले केही दिनदेखि बांगाबगरमा एस्काभेटर प्रयोग गरेर आफ्नै क्षेत्रपट्टि ढुंगा पन्छाइरहेको बिहीबार भने एक्स्काभेटरले नदीको बीचबाटै ढुंगा निकाल्न थालेपछि वारिका ४०÷५० जना किनारमा पुगेका थिए स्थानीयले दार्चुला क्षेत्रबाट होहल्ला गरेपछि भएपछि एस्काभेटर पारि लगेर काम रोके जस्तो गरे

स्थानीयन नभएको मौका छोपेर भारतीय पक्षले नदीको बहाव नेपालतर्फ फर्काएछन्, बांगाबगरका विक्रम बडालले भने, ‘भारतीय पक्षले मंगलबार लास्कु खोलानजिक पनि महाकालीको बहाव परिवर्तन गर्ने गरी एस्काभेटर चलाउँदा बांगाबगर पारि खोतिलाका बासिन्दाबीच ढुंगा हानाहान भएको थियो लगत्तै दुवैतर्फ आएका सुरक्षाकर्मीले उनीहरूलाई थामथुम पारेपछि एक्स्काभेटर फर्काइएको थियो, स्थानीय घर फर्केपछि पुनः नदीमा एस्काभेटर प्रयोग भए

बिहीबार नदीको धार फर्काएको क्षेत्र भने उक्त स्थानभन्दा करिब डेढ सय मिटर तल पर्छ लास्कु खोलानजिक भारतीय पक्षले तटबन्धको जग खनिरहेको बांगाबगरपारि भने भारतले पुरानो तटबन्ध नभत्काई नदी मिचेर नयाँ पक्की तटबन्ध बनाइरहेको निर्माणाधीन तटबन्धले नदीको धार नेपालतिर फर्काउने वर्षायाममा बढी क्षति पुग्ने चिन्ता वारिका बासिन्दाको भारतीय तटबन्धका कारण २०७० सालको बाढीले बांगाबगर क्षेत्रका सय ५६ घर बगाएको थियो त्यति बेला नदीले धार बदल्दा नेपालीको घर भएको जमिन नदी पारिपट्टि परेको