धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रेलमार्ग निर्माणका लागि जनप्रतिनीधि संग छलफल

रेलमार्ग निर्माणका लागि जनप्रतिनीधि संग छलफल

धनगढी नेपाल सरकारले कैलाली कञ्चनपुर सम्म सञ्चालन गर्ने भनिएको रेल मार्ग सम्बन्धमा कैलाली कञ्चनपुरका जनप्रतिनीधि संग छलफल गरिएको रेल मार्ग निर्माणका लागि  नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर कैलालीका पालिकाहरूसँग छलफल गरेको हो

सो टोली अहिले वातावरणिय अध्ययनका लागि कैलाली कञ्चनपुर आएको वातावरणविद रिकेश चित्रकारले बताए वातावरणिय अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा कञ्चनपुर पुगियो, उनले भने, ‘सोही क्रममा यहाँका स्थानीय जनप्रतिनीधि संग पनि आवश्यक परामर्श लिन छलफल गरिएको हो

टोलीले मेचीमहाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल गरेको

कैलालीका घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका गोदावरी नगरपालिका तथा कञ्चनपुरका कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा, वेदकोट भीमदत्त नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले ती पालिकाहरुसँग छलफल गरिएको अध्ययन टोलीका सदस्य एवं वातावरण विद् चित्रकारले बताए