धनगढी पोष्ट
शुक्रबार, २७ फागुन २०७८ मा प्रकाशित
धनगढी । धनगढी–५ जाँईमा भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा खप्तड छेडदह गाउँपालिका –२ बस्ने राजेन्द्र बुढा र भुपेन्द्र बुढा रहेका छन् ।
प्रहरीका अनुसार अटो भाडाको विषयमा विवाद हुँदा भारत घर भई हाल धनगढी बस्दै आएका कुलदिप को हत्या भएको हो । मदिरा सेवन गरी धनगढी पार्कमोडबाट जाई गएका चालक र यात्रु यादव विच भाडाको विषयमा विवाद भएको र सोही विषयमा कारण हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।
भाडाको विषयमा विवाद भएपछि भारतीय नागरिकले ‘नेपाली लोग’ भन्दै गाली गरेको पाइयो,’ अधिकारीले भने, ‘त्यसकै आवेगमा धकेल धाकेल हुँदा यादव नालीमा खेसेका रहेछन्, अटोचालकले रिसको आवेगमा अटोबाट चिरपोर्ट समातेर टाउकोमा हिकाउँदा उनको मृत्यु भएको हो ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँईस्थीत जाँई–शिवनगर सडकनजिकै फागुन २३ गते सोमबार बिहान केराबारीमा भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय यादको मृत्यु भएको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।