धनगढी पोष्ट
शनिबार, २८ फागुन २०७८ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत आज निर्वाचन भइरहेको छ । सहकारीको नयाँ नेतृत्व चयनका लागि देबबहादुर बम र रतनबहादुर कठायतले प्यानल सहित उम्मेदवारी दिएका छन् ।
बमको प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन् ।
उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन् ।
यस्तै कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन् । उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन् । नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य छन् ।