धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूर चिनारीको ११औं वार्षिकोत्सवमा पद्मराज जोशी विशेषाङ्क लोकार्पण

सुदूर चिनारीको ११औं वार्षिकोत्सवमा  पद्मराज जोशी विशेषाङ्क लोकार्पण

धनगढी ।  सुदूर चिनारी पत्रिकाले ११औं वार्षिक उत्सव मनाएको पत्रिकाका प्रकाशक÷ सम्पादक एन.के. जोशीले पत्रिकाले काली कर्णाली क्षेत्रको भाषा, कला, संस्कृति, प्रकृति त्यस्ता क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिको समेत चिनारी दिलाउदै आइरहेको बताए

पत्रिकाका सम्पादक यज्ञराज यात्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारी सम्पादक निर्मल कुमार भण्डारीले गतिविधि विशेषाङ्क प्रकाशनका सम्वन्धमा प्रकाश पारेका थिए 

वार्षिक उत्सवको अवसरमा पत्रिकाले सुदूरपश्मिमा जन्मीइ, हुर्किइ, यसै क्षेत्रलाई कर्मथलो बनाई यहाँको भाषा, साहित्य, कला, संस्कृति धर्म दर्शनको क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहेका साहित्यकार, संस्कृतिविद पद्मराज जोशीप्रभातका विषयमा केन्द्रित रहि प्रकाशन गरेको आफ्नो ६० अंकको सहभागीहरुबाट सामुहिक रुपमा लोकार्पण समेत गरेको

सो अवसरमा साहित्यकार प्रिया पत्थरले बिशेषांक प्रकाशनले साहित्य संस्कृतिको क्षेत्रमा लागेका व्यक्तिहरुको सम्मान भएकोे बताइन्   गोदावरी कुम्भ मेला आयोजानमा प्रभातको भुमिका महत्वपुर्ण रहेको बताउँदै पत्थरले बिशेषांक प्रकाशनले प्रतिभाहरुको मनोबल उच्च बनाउने बताइन्

साहित्यकार पद्मराज जोशी प्रभातले आफ्नै क्षेत्रका बारेमा योगदान पुरयाउन पाउँदा गौरव  अनुभुति हुने बताउँदै  बिशेषांक प्रकाशनले थप योगदान पुरयाउन हौसला बढाएका बताए   

कार्यक्रमको सहजिकरण उक्त पत्रिकाका सहसम्पादक लेखराज जोशीले गरेका थिए