धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

कांग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको छ : प्रचण्ड

कांग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको छ  : प्रचण्ड

धनगढी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको दावी गरेका छन्

सोमबार धनगढी पुगेका उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेको सो विषयमा माधब नेपाल संग पनि छलफल गरी केही मन्त्रालय दिने सहमति भएको बताए

सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो, प्रचण्डले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल बीचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो, तर  सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको

उनले एकिकृत समाजबादी पार्टी मन्त्रालय छोड्न तयार हुनुपर्ने बताए त्यस विषयमा माधव नेपालजी संग पनि छलफल भएको , उनले भने, ‘उहाँ पनि सकारात्मक हुनुहुन्छ ११ सदस्यिय मन्त्रीपरिषद रहेको सुदूरपश्चिममा मन्त्री राज्यमन्त्री गरी जना एकिकृत समाजबादी पार्टीका मन्त्री छन् माओबादी केन्द्रबाट तीन मन्त्री एक राज्य मन्त्री गरी जना मन्त्री छन्