धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

‘फेरी’ले चलायो स्वामिकार्तिकमा मोटर

‘फेरी’ले चलायो स्वामिकार्तिकमा मोटर

धनगढी . बाजुराको कर्णाली पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिका सडक संजालमा जोडिएको सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानीय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको हो

यातायातको पहुँचमा पुयाउनका लागि कर्णाली नदिमा स्वामिकार्तिक खापर गाउँपालिकाले फेरी निर्माण गरि फागुन ३० गते देखी नै गाउँपालिका सडक संजालमा जोडिएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताएका छन गाँउपालिकाले आफ्नै लगानिमा निर्माण शुरु गरेको करिव दुई बर्ष पछि फेरीको काम सम्पन्न गरी ३० गते नै संचालनमा ल्याएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी शाहीले बताए

सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानीय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको गाँउपालिकालाई सड्क सञ्जाल जोड्नका लागि नदिमा २०७६ असारमा फेरी निर्माणको काम शुरु गरी आज अर्थात फागुन ३० गते देखी संचालनमा आएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिन्जीबि शाहिले वताए

स्वामिकार्तिक खापर गाँउपालिका सुईजिउला जगन्नाथ गाँउपालिका पिलिचौरको बिचमा फेरि निर्माण कार्य सम्पन्न गरी आजै गाउँपालिका अध्यक्ष चिरनजिबी शाहीले उद्धघाटन गरेको गाउँपालिकाका सुचना अधिकारी शाहीले बताएका छन फेरी सञ्चालनमा आएपछि बर्षातका महिना असार, साउन, भदौ महिना बन्द हुने बाकि महिना भने सञ्चालन भइरहने गाँउपालिकाले जनाएको

सो फेरी करोड ७४ लाखमा निर्माणको काम सुन्नदा मष्टेश्वरी निर्माण सेवा सँग सम्झौता भई काम सम्पन्न गरी आजै गाउँपालिकाको वडा मा गाडी पुगेको गाउँपालिकाका अध्यक्ष चिरन्जीबि शाहीले बताएका छन कर्णाली नदिमा फेरी निर्माण भई यातायाताका साधान संचालनमा आएपछि स्वामिकार्तिक बासी खुशि भएका छन् गाडि चढ्न, सामान लिन, बोक्न पनि कर्णालि तर्नु पर्ने रहेको , फेरी बनेपछि यो बाध्यता टर्ने स्थानीयले वताएका छन्

फेरी सञ्चालन सँग स्वामिकार्तिक खापर गाँउपालिका सबै वडामा सडक संजाल बिस्तार भईसकेकोले अवदेखी सबै वडामा नियमित यातायात सञ्चालन हुने गाँउपालिका अध्यक्ष शाहिले वताए स्वामिकार्तिक गाँउपालिका नेपालकै सबै भन्दा बढि गरिब भएको गाँउपालिका हो गरिब घर पहिचान बोर्डका अनुसार गाँउपालिकामा ७५ प्रतिशत रहेको गाँउपालिका आर्थिक आयआर्जनमा निकै पछाडी रहेको सड्क यातायात जोडिएपछि आर्थिक स्तर बढने स्थानीयले वताएका छन्