धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

पासो थापेको बन्दुक पड्किंदा १ जनाको मृत्यु

पासो थापेको बन्दुक पड्किंदा १ जनाको मृत्यु

डडेल्धुरा जंगली जनावर मार्नका लागि पासो थापिएको बन्दुक पड्किंदा डडेल्धुरमा एक जनाको मृत्यु भएको

मंगलबार राति गन्यापधुरा गाउँपालिका स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो

उनको शव अस्पतालमा राखिएको बताइएको   त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन