धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

रिकभर परियोजनाद्धारा धनगढीका तीन वटा शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यकर्मी भन्छन् : हाम्रो माग अनुसार पहिलोपटक सामाग्री पाउँदा खुशी लाग्गयो

रिकभर परियोजनाद्धारा धनगढीका तीन वटा शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

धनगढी रिकभर परियोजनाद्धारा धनगढी उपमहानगरपालिका स्थित तीन वडा कार्यालयका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेको धनगढी को शहरी स्वास्थ्य पबद्र्धन केन्द्र, वडा नम्बर१९ को स्वास्थ्य केन्द्र वडा नम्बर१६ को स्वास्थ्य केन्द्रमा स्वास्थ्य समाग्री सहयोग गरेको हो

नागरिकको स्वास्थ्य चेकजाँचमा सहजता ल्याउने उद्देश्यले स्वास्थ्य संस्थाको माग अनुसार स्वास्थ्य सामाग्री प्रदान गरिएको परियोजना संयोजक लक्ष्मण चौधरीले बताए

कोभिड १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना (रिकभर) परियोजनाले स्वास्थ्य पवद्र्धनका लागि धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका गोदावरी नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिरहेको उनले बताए

स्वास्थ्य सामाग्री बुझ्दै धनगढी उपमहानगरपालिका१६ स्वास्थ्य केन्द्रका इन्चार्ज भुपेन्द्र महराले आफ्नो जागिर अवधिभर पहिलो पटक माग गरेअनुसार संस्थाबाट सहयोग पाइएको बताए अन्य संस्थाले आफ्नो चाहना अनुसार सहयोग गर्ने गरेको देखेको थिएं, महराले भने, ‘तर रिकभरले हाम्रा माग अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराएको , हाम्रा माग अनुसार सामाग्री उपलब्ध गराउने रिकभर पहिलो संस्था हो

स्वास्थ्य संस्थालाई चाहिने समाग्री उपलब्ध भएको भन्दै उनले सो समाग्री पाउँदा सेवा प्रवाह गर्न सहज हुने बताए उनले कुनै पनि संघ, संस्थाले सहयोग गर्दा पहिला आवश्यकता बुझ्न सुझाव दिएका छन् जसरी रिकभरले हामी संग समन्वय गरेर आवश्यकताका सामाग्री उपलब्ध गराएको , त्यसरीनै अन्य संस्थाले पनि समन्वय गर्नु पर्दछ, उनले भने, ‘समन्वय गर्दा हामीलाई चाहिने सामाग्री माग हुने ती समाग्री प्रयोग गर्न पनि सहज हुन्छ

धनगढी१६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले स्वास्थ्यमा गरेको सहयोग धेरै उपयोगि रहेको बताए स्वास्थ्य संस्थामा उपकरण नहुँदा सेवा दिन समस्या भइरहेकावेला रिकभरले गरेका सामाग्री धेरै उपयोगि रहेका उनले बताए सो वडामा रिकभर परियोजनाले ६० हजार मुख्य बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको

यसैगरी रिकभरले धनगढी१९ को स्वास्थ्य केन्द्रमा पनि डेलिभरी सेट, इन्भरटर लगायत ६२ हजार सय ८० रुपैंया मुल्य बराबरको समाग्री सहयोग गरेको सो समाग्री बुझ्दै स्यास्थ्य केन्द्रका इन्चार्ज पुर्णानन्द जोशीले धेरै समाग्रीले सेवा प्रवाहमा धेरै सजिलो हुने बताए

उनले स्वास्थ्य केन्द्रमा आवश्यक भए बमोजिमका स्वास्थ्य समाग्री माग गरिएको सोही अनुसारका सामाग्री उपलब्ध भएको बताए वर्थिङ सेन्टरका लागि डेलिभरी सेट हामीलाई धेरै आवश्यक थियो, उनले भने, ‘महत्वपुर्ण समाग्री हामीले पाएका छौं, यसले हामीलाई धेरै सजिलो बनाउने

रिकभरले धनगढी स्थित हरी स्वास्थ्य पबद्र्धन केन्द्र वेलीमा पनि एक लाख ११ हजार सय ९७ रुपैयाँ बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको सो सामाग्री बुझ्दै स्वास्थ्य केन्द्र इन्चार्ज शिद्दराज आचार्यले माग गरे अनुसारका समाग्री प्राप्त भएको बताए आफुहरुले विभिन्न २७ प्रकारका स्वास्थ्य सामाग्री माग गरेको बताउँदै उनले माग गरे अनुसारका सवै समाग्री पाएको बताए रिकभरले गरेका स्वास्थ्य सामाग्रीले नागरिकको सेवा प्रवाह गर्न सहज हुने उनले बताए

सो समाग्री रिकभरले नदिएको भए किन्नु पर्ने थियो, उनले भने, ‘तर हामीले यति धेरै सामाग्री पाउँदा अव यी समाग्री किन्न प्रयोग हुने बजेट अन्य काममा प्रयोग गर्ने छौं उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए

लुथरन  वल्ड रिलिफको सहयोगमा  ब्याकवार्ड सोसाइटी एजुकेशन -बेस_  कैलालीले रिकभर परियोजना सँचालन गरिरहेको