धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दाईजो सहकारीद्धारा किसानलाई कृषि यन्त्र हस्तान्तरण

दाईजो सहकारीद्धारा किसानलाई कृषि यन्त्र हस्तान्तरण

धनगढी । धनगढी स्थित दाईजो कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई कृषि यन्त्र हस्तान्तरण गरेको

दाइजो सहकारीको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले ५० प्रतिशत अनुदान सहित १२ जना किसानलाई सोमबार कृषि यन्त्र पावर टिलर हस्तान्तरण गरिएको हो सो पावर टिलर सुदूरपश्चिम प्रदेशकी  प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले हस्तान्तरण गरेकिहुन् दाईजो कृषि सहकारी संस्थाका व्यवस्थापक वासुदेव रानाका अनुसार दाईजोमा आबद्ध १२ जना किसानहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो

मुख्यमन्त्री नमुना कृषी गाउँ खाद्यान्न बिउ उत्पादन समन्वय समिति धनगढी कृषी ज्ञान केन्द्र कैलालीले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कृषी सामग्री पावर टिलर सहकारीले वितरण गरेको हो पावर टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषी क्षेत्रकै बिकासबाट मात्रै सम्बृद्धी ल्याउन सकिनेमा जोड दिइन् प्रदेश सरकारले देखेको कृषिमा क्रान्ती गर्ने सपना साकार बनाउन आफुहरु तत्पर रहेको बताउँदै चौधरीले कृषी, मल, बिउ बिजनमा जोड दिएको बताइन्

कृषि उत्पादन बढाउँदै उत्पादित समाग्रीलाई उपयुक्त बजारको व्यवस्थापन गर्ने योजना सहति प्रदेश सरकारले काम गरिरहेको , मन्त्री चौधरीले भनिन्, ‘उत्पादन बढाउनका लागी यान्त्रीकरणमा हामीले सहयोग गरिरहेका छौँ मुख्यमन्त्री कृषी कार्यक्रम ८८ वटै स्थानिय तहमा लागु गरेको बताउँदै मन्त्री चौधरीले भौगोलिक परिवेस अनुसार माटो सुहाँउदो खेती गर्ने गरी कार्यक्रमहरु सञ्चालन गरेको बताईन यस्तै कार्यक्रमले धेरै किसानहरु लाभांवित हुनुका साथै ब्यवसायिक किसान बन्दै गएको उनको भनाई रहेको

त्यस्तै प्रदेश सरकारबाट गत आर्थिक बषमा अनुदानस्वरुप पावर टिलर, एउटा ट्रक लगायतका सामगी्र सहयोग पाएको दाइजो कृषी सहकारी संस्थाका सचिव दिपकराज जोशीले बताए यी कृषी सामग्री हामीले यहाँका किसानहरुलाई हस्तान्तरण गरेका थियौँ, उनले भने, ‘प्रदेश सरकारको यो महत्वपुर्ण सहयोगले काम गर्ने किसानलाई ब्यवसायीक तर्फ जोडेको , आर्थिक अभावका कारण उपकरण प्रयोग गर्न नपाउका किसानहरुलाई अहिले धेरै सहज बनाएको यो आर्थिक बर्षका लागी पनि आफुहरुले पावर टिलर पाएका पाएको बताउँदै जोशीले यी सामग्री किसानहरुलाई हस्तान्तरण पनि भइसकेका बताएका छन्