धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चोरी गरेर लगेको गहना ४ महिना पछि फिर्ता

चोरी गरेर लगेको गहना ४ महिना पछि फिर्ता

धनगढी । कैलालीको गोदावरी नगरपालिका स्थित  एक घरबाट चोरी भएको सुन चार महिना पछि अज्ञात तरिकाले फिर्ता गरिएको

प्रहरीका अनुसार मंगलवार कैलालीको गोदावरी नगरपालिका वनखेतका नविन शाहुको घर अगाडि शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको थियो मान्छेहरु उक्त कुकरमा बम भएको हुनसक्ने भन्दै त्रसित बने प्लाष्टिकको थैलोभित्र राखिएको उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो

तर टोलीले खोलेर हेर्दा उक्त कुकरभित्र सुन केही नगद भेटियो । त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको पत्रअनुसार त्यो भेटिएको सुन नगद घरधनी नविन शाहुको थियो उक्त १० तोला सुन नगद लाख शाहुको घरबाट गत मंसीर १४ गते चोरी भएको थियो चोरी भएपछि प्रहरीमा निवेदन पनि दिइएको थियो। तर आज उनै चोरले त्यो सुन नगद फिर्ता गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए

उनका अनुसार पत्रमा नविन शाहुलाई विभिन्न सुझाव समेत दिइएको उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको