धनगढी पोष्ट
बिहिबार, १० चैत २०७८ मा प्रकाशित
धनगढी । बेस कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका र कैलारी गाउपालिकाका स्वास्थ्यकर्मीहरुका लागि मनोसामाजिक परामर्श तालिम बिहीवार धनगढीमा सम्पन्न भएको छ ।
कोभिड १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना (रिकभर) अन्तर्गत दुई दिन सँचालन भएको उक्त तालिममा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका ३० स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कोभिडका कारण समुदायमा परेको मनोसामाजिक असर सम्बोधन गर्न स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने उदेश्यले तालिम सँचालन गरिएको परियोजना संयोकज लक्ष्मण चौधरीले बताए ।
समुदायकका सबै भन्दा नजीकका स्वास्थ्यकर्मी सरकारी स्वास्थ्य सँस्थाका कर्मचारी भएकाले स्वास्थ्यकर्मीहरुका लागि तालिम सँचालन गरिएको लुथरन वल्र्ड रिलिफकी एएनएम अफिसर लक्ष्मी शाहीले बताइन् ।
लुथरन वल्र्ड रिलिफको सहयोगमा बेस कैलालीले कोभिड १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना (रिकभर) कैलालीका धनगढी उपमहानगरपालिका, कैलारी गाउपालिका र गोदावरी नगरपालिकामा सँचालन गरिरहेको छ ।
तालिमको समापनका अवसरमा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. कृष्ण बोहराले सिकेको सीपलाई समुदायको हितका लागि प्रयोग गर्नु स्वास्थ्यकर्मीको दायित्व भएको बताए ।
आधारभुत स्वास्थ्य चौकी धनगढी चटकपुरकी इन्चार्ज जानुका कार्कीले स्थानीय समुदायको बिश्वासका कारण स्वास्थ्यर्मीहरु अति व्यस्त हुनु परेकोले आफ्नो बारेमा सोच्ने समय नै हुन नसकेको बताउँदै तालिमले आफ्ना र सेवाका लागि आउने ग्राहकका अप्ठेरा हटाउन सहज हुने बताइन् ।
धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिको समन्वयमा सँचालन गरिएको तालिममाख टीपीओ नेपालका सबिना महर्जन र कमला बुढाथोकीले सहजीकरण गरेका थिए ।